banner
banner

हामी देशका लागि मानव बम हौं ?

नेपालका लागि उत्तरकोरियाका महामहिम राजदूत जो योङ मान
१६ डिसम्बर, २०७६ मंसिर ३० गते, प्रजातान्त्रिक जनगणन्त्र कोरियाको दूतावासमा महान नेता किम जोङ इलको ८औं जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जलीसभाको आयोजना गरएको यियो । श्रद्धाञ्जलीपछि महामहिम राजदूतसँग केही प्रश्नहरु सोधियो, महामहिम राजदुतले पनि खुलेर केही कुराहरु भन्नुभयो, देशभक्तिका दृष्टिकोणले अति महत्वपूर्ण उहाँका विचारहरु यहाँ प्रस्तुत गरिएको छ ।
तपाईको देशको राजनीतिका बारेमा केही बताइदिन गरेको आग्रहमा राजदूतले भन्नुभयो– स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकता भनेको राजनीति हो । त्यस्तो राजनीति हाम्रो देशमा छ, यसकारण हामी हाम्रो नेतृत्वप्रति गौरव गर्छौं ।
राष्ट्रसंघमार्फत नाकावन्दी लगाइएको बारेमा केही भन्नुहुन्छ कि भन्दा राजदूतको विचार थियो– हामी एक छाक खान्छौं, शीर निहुराएर बाँच्न सक्दैनँैं । हामीले अत्यन्त कुसल नेता पाएका छौं, नेतृत्वको निर्णयमा सिंगो देश एकढिक्का छ । हामी हाम्रो देशका लागि बम भएर ब्लाष्ट हुन पनि सक्छौं । हामी कसैको स्वतन्त्रता र राष्ट्रियतामा धावा बोल्दैनौं, हाम्रो स्वतन्त्र बाँच्न पाउने अधिकारमाथि कसैले हस्तक्षेप गर्छ भने त्यो हामीलाई सह्य छैन ।
हामीले हालैका दिनमा पनि नयाँ मिसाइल परीक्षण गरेका छौं । मिसाइलको परीक्षण सफल भएको छ । यो सफलता भनेको हामी हाम्रो सुरक्षा गर्न सक्षम छौं भन्ने सन्देश पनि हो । हामी आफूलाई, आफ्नो मुलुकलाई बचाउँछौं । समय आएपछि त्यो प्रमाणित गरेर देखाउन पनि तैयार छौं । सक्षम छौं ।
हामीलाई वार्ता वार्ता भनेर लुट्पुट्याउन खोजेको हो भने त्यो उनीहरुको हार हो । हामी अव त्यस्तो लुट्पुट्याउने वार्तामा जाँदैनौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कन्क्रिट प्रोपोजलसहित वार्ताको लागि आउँछन् भने हामी पनि वार्ता गर्न तैयार छौं । यो कुरा उनीहरुले बुझ्नैपर्छ कि अव डीपीआरके लुटपुटिनेछैन ।
क्रिसमस आएको छ, नयाँ वर्ष पनि आएको छ । हामीलाई हेप्ने र हप्काउने प्रयत्न हामीलाई सह्य छैन । ज्यादा नबोल्न हाम्रो आग्रह छ । मुख बन्द राखुन्, अन्यथा हामी बिस्फोट हुनथाल्यौं भने जे पनि हुनसक्छ, परिणामको जिम्मेवारी जिस्काउने पक्षले नै लिनुपर्नेछ ।
महामहिम राजदूतका अनुसार सन् १९५० जुन २५ मा अमेरिकी साम्राज्यवादले प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको विरुद्ध एउटा सशस्त्र युद्ध भड्कायो । त्यो भड्काउ कोरियाविरुद्धको आपराधिक नीतिको विस्तार थियोे । आजसम्म पनि अमेरिका त्यही नीति सफल पार्न लागिपरेको छ । डीपीआरकेले कुनै पनि हालतमा त्यो आपराधिक नीति सफल पार्न दिनेछैन ।
विश्वयुद्धपछि अमेरिकी राष्ट्रपति ट्रुम्यानले कोरियालाई एसियामा अमेरिकी ‘सफलता’ निर्भर रहने ‘विचारको युद्धमैदान’ घोषित गरे । डीपीआरकेकै देशभक्तिपूर्ण नेतृत्वका कारण अमेरिका आजसम्म असफल छ ।
एउटा रिपोर्ट लेफ्ट रिभ्यु अनलाइनमा पनि प्रकाशित छ । सो अनलाइनका अनुसार स्मरणीय के पनि छ भने अमेरिकाले सन् १९४९ देखि संकटपूर्ण राजनीतिक र आर्थिक अवस्थाबाट गुज्रिरहेको दक्षिण कोरियाको स्याङम्यान हीको कठपुतली शासन जोगाउन पनि युद्ध सुरु गर्नै पथ्र्यो । ‘कोरिया युद्धको गुप्त इतिहास’ नामक एउटा अमेरिकी पुस्तकले निष्कर्ष निकालेको छ, ‘मूर्ख स्याङम्यान हीलाई जोगाउने अन्तिम उपायको रूपमा त्यो युद्धलाई बुझ्नु सबैभन्दा सही हुन्छ । स्याङम्यान ही सरकारको अन्तिम खेलले देशलाई गृह युद्धमा धकेल्यो, जुन आर्थिक ध्वंस, आन्तरिक अशान्ति, मेको चुनावमा हारेपछि राष्ट्रिय सभाको शत्रुतापूर्ण दुव्र्यवहार र उत्तर (कोरिया) को शान्ति प्रस्तावतर्फ जनताको झुकावलाई सामना गरेर सत्तामा टिक्न सक्दैन्थ्यो ।’ ऐतिहासिक दस्तावेजहरूबाट सिद्ध हुन्छ, कोरिया युद्ध अमेरिकी राज्यनीति थियो र एउटा हस्तक्षेपकारी युद्ध थियो ।
१९४५ देखि १९४९ सम्म अमेरिकाले दक्षिण कोरियालाई १ अर्ब डलर बराबरको सैन्य सहयोग ग¥यो । कठपुतली सेनाको युद्ध तयारी बढाउनका लागि ३८औँ समानान्तर (सिमाना) मा ठूलो रूपमा सैन्य तैनाथ ग¥यो । यसले नयाँ सैनिक सडकहरू निर्माण तथा मर्मत ग¥यो र ठूलो मात्रामा भवनहरूको पनि निर्माण ग¥यो ।
सोही समयमा अमेरिकी साम्राज्यवादीहरूले कठपुतली सेनालाई उत्तर कोरियालाई युद्धमा तान्नका लागि ३८औँ समानान्तर (सिमाना) को क्षेत्रमा उत्तेजक सैन्य क्रियाकलापहरू बढाउन लगायो । सन् १९४७ देखि सन् १९५० को जुनसम्म तिनीहरूले ५ हजार १५० भन्दा धेरै संख्यामा त्यस्ता युद्ध भड्काउने सैन्य क्रियाकलापहरू गरे । यस्ता भड्काव सैन्य योजनाअनुसार मुख्य आक्रमणको दिशामा केन्द्रित रहेका ‘परीक्षण युद्धहरू’ थिए ।
अमेरिकी सैन्य सल्लाहकार समूहको प्रत्यक्ष कमाण्डमुनि दक्षिण कोरियाली कठपुतली सेनाले सन् १९५० को जुन २५ मा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको ३८औँ समानान्तरको वरिपरिबाट अकस्मात् सैन्य हमला सुरु ग¥यो । अमेरिकी साम्राज्यवादीहरूले २० लाखभन्दा धेरै सशस्त्र सेनासहित ठूलो सैन्य शक्तिलाई कोरिया युद्धमा होम्यो, जसमा उनीहरूको एक तिहाइ स्थल सेना, हवाई सेना र प्रशान्त क्षेत्रमा तैनाथ अधिकांश सैन्य पानीजहाजहरू, १५ भन्दा धेरै युद्धपोतहरू र दक्षिण कोरियाको सम्पूर्ण सेना र जापानको पुरानो सेना समेत सबैलाई परिचालन ग¥यो ।
सन् १९५२ को जनवरीदेखि मार्चको सुरुवातसम्ममा अमेरिकी हवाई सेनाका ९ रेजिमेन्टले उत्तर कोरियातर्फका १६९ इलाकामा रोग फैलाउने सूक्ष्म किटाणुहरू सहितका किराहरू, अन्य वस्तुहरू र बमहरूसहित कुल ८०४ वटा सैन्य उडान गरे । यो कोरियाली राष्ट्रलाई ध्वस्त गर्नका लागि गरिएको एउटा अभूतपूर्व जैविक युद्ध थियो । पछि खुलासा भएजस्तै कोरिया युद्ध सुरु भएको दुई महिना नपुग्दै अमेरिकाले कोरियाली जनताको विरुद्धमा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका विभिन्न ठाउँहरूमा भयानक नरसंहार मच्चाएको थियो । सिन्चोन काउन्टीमा मात्रै मानिसहरूले कल्पनासमेत गर्न नसक्ने गरी तिनीहरूले ३५ हजारभन्दा धेरै काउन्टीको कुल जनसंख्याको एक चौथाइभन्दा धेरै मानिसहरूको निर्मम हत्या गरेका थिए । कोरियाली जनताले आफ्नो वास, श्रीसम्पत्ति गुमाए ।
भर्खरै दुई वर्ष पुगेको उत्तर कोरियाको सेनाले युद्धमा आफूलाई ‘विश्वको सबैभन्दा शक्तिशाली’ दाबी गर्ने अमेरिकी हस्तक्षेपकारी शक्तिहरूको विरुद्ध लड्नु परेको थियो । महान नेता किम इल सुङको अगुवाईमा उनीहरु लडे ।
राष्ट्रिय मुक्ति प्राप्त गर्ने झण्डाको रूपमा सहयोग गर्ने कुरा बुझाउँदै किम इल सुङले सम्पूर्ण सेना र आम जनतालाई युद्धमा विजय प्राप्त गर्नका लागि परिचालित हुन बेजोडले प्रेरित गर्नुभयो ।
अमेरिकी साम्राज्यवादीहरूको हतास हर्कतहरूका कारणले युद्ध लम्बिएपछि राष्ट्रपति किम इल सुङले हतियार उत्पादनका आधार इलाकाहरूलाई सुरक्षित स्थानहरूमा सार्दै र युद्ध सामग्रीहरूको उत्पादन तथा आपूर्तिको वृद्धिलाई सुनिश्चित गर्नका लागि विभिन्न कदमहरू चाल्दै मुख्य घेरासँग तालमेल गर्दै युद्ध गर्न हत्रुहरूको घेराभन्दा पछाडि संयुक्त युनिटहरूको एउटा अर्को घेरा निर्माण गर्नुभयो ।
यसका साथै, उहाँले सबै पार्टी सदस्यहरू र जनतालाई पार्टी, सत्ता र सेनामा जडसूत्रवाद र औपचारिकतावादलाई परास्त गर्न कठोर क्रान्तिकारी अनुशासन स्थापित गर्ने संघर्ष गर्न, सैन्य मामिलाको क्षेत्रका कामहरूमा समग्र रूपमा जुछेउन्मुख कार्र्यिवधि स्थापित गर्न र युद्धकालको उत्पादनमा वृद्धि गर्न र मोर्चालाई सहयोग गर्न आह्वान गर्नुभयो । स्थलगत प्रतिरक्षा युद्ध लगायतका अनेकौँ विशिष्ट सैन्य रणनीतिहरू सिर्जना गर्नुभयो । कोरियाली जनसेनाका सैनिकहरूले धक्कापूर्ण तरिकाले दुश्मनलाई धुलो चटाउँदै यी मोर्चाहरूमा लडे ।
अन्ततोगत्वा कोरियाली जनता र कोरियाली जनसेनाका अगाडि अमेरिकी साम्राज्यवादीहरूले घुँटा टेके र सन् १९५३ जुलाई २७ मा युद्धविराम सम्झौतामा हस्ताक्षर गर्न बाध्य भए । कोरियाली जनताको महान् विजयसँगै तीन वर्ष लामो पितृभूमि मुक्ति युद्धको अन्त्य भयो । त्यसपछि निरन्तर स्वाभिमान र स्वाधीनताको गौरवपूर्ण लक्ष्यमा डीपीआरके अगाडि बढेको छ ।
लेफ्ट रिभ्यु अनलाइन र प्रत्यक्ष वार्तासहितको रिपोर्ट ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper