banner
banner

कथा ‘जून’

शशी श्रेष्ठ–
मिनभवन, काठमाडौं ।
पढाई सकेर फर्केको ऊ प्राय ः आफ्नो कामको शिसलसिलामा घर बाहिर नै हुन्छ । ऊ आफ्नो व्यस्ततालाई बेवास्ता गर्दै हरेक कुराको बारेमा भई रहन्छ । चाहे त्यो देश विदेशका गतिविधि हुन् या कुनै मनोरञ्जन क्षेत्रका कुराहरु हरेक कुरामा दक्ष, ऊ मोडलिङ पनि गर्छ ।
कक्षा ११ मा पढ्दा नै उसकी आमाको निधन भएको थियो । त्यस दिनदेखि ऊ नै मेरो साहारा बन्यो । ऊ, अर्थात सञ्जन मेरो छोरा र सञ्जय माथि मेरा धेरै सपनाहरु बुनिएका छन् । ऊ वास्तवमा एक साइनटिष्ट हो । विगत १ वर्षदेखि ऊ एउटी सुन्दरीको प्रेममा परेको छ । सञ्जय धेरै जसो घर बाहिर र म प्राय घरमा एक्लै हुने भएकोले भाइले रुकुमबाट एउटा काम गर्ने सहयोगी भाइ पठाई दिएको थियो । अक्सर हामी दुई हाम्रो डुब्दै गरेको समयको कुरा गरी बस्छौं ।
‘‘ड्याडी, म आए हैं’’ । सञ्जय तल गेट देखि नै चिच्याउँदै आउँछ ।
‘‘बाबु, आउनु भयो हजुरैं’’ ? सहयोगी ती भाइले मुस्कुराउँदै भन्छन् ‘‘म चिया बनाउँछु हैं ।’’ ‘‘दुई कप है काका, आज जून पनि सँगै आएकी छिन्’’ । 
मथि बार्दलीबाट यसो तन्किएर तल हेर्दा मैले साँच्चिकै जून जस्तै राम्री केटी देखें । सायद ऊ नै थिइ जून–मेरी बुहारी । जून साह्रै नै राम्री देखिन्थी । म सोच्न थाले, यस्ता सुन्दर स्त्री नहँदा हुन् त किन महाभारत हुन्थ्यो होला, किन लङ्क तहस नहस हुन्थ्यो होला ।यदि यो संसारमा सुन्दर नारी नहुँदा हुन् त हामी पुरषका आँखा कहाँ गई ठोक्न्थिे होलान् ! ‘‘काका आज हाम्रो लागि खाना नबनाउनुस् ल बरु सुत्नुस न कोठामा सामानहरु भद्रगोल छन्, त्यो चाँहि मिलाई दिनुहोस् न हैं । हजुरहरु खाना खाएर सुत्नुहोला म आउन ढिलो हुन्छ आज’’ । यति भन्दै सञ्जय जूनको हात समातेर बाहिरीयो । मेरो छोरा आजकल धेरै नै खुशी छ । उनीहरु प्रायसँगै अफिस जान्छन् मैले देख्दा जून सधैं सञ्जनसँग नै बसेकी हुन्छे ।
‘‘सञ्जयले बिहान पत्रिका लगेर उसकै कोठामा राखे जस्तो छ । मलाई ल्याईदेउ न त्यो कोठाबाट’’ मैले भनें । मेरो सहयोगी भाइलाई लेख्न पढ्न आउँदैन । त्यसैले उसले कुन आजको कुन हिजोको पत्रिका मलाई ल्याएर दियो । त्यो हुलमुलमा मैले जूनको एउटा तस्विर भेट्टाए । तस्विरमा त ऊ झनै राम्री देखिन्थी । मैले त्यो तस्विर सञ्जयको Book Slelf भित्र राखिदिएँ । त्यहाँ मेरो नजर उसको डायरीमा प¥यो । मैले उसको सामान कहिल्यै चलाएको थिईन । त्यो डायरी पनि मैले चलाईन । खाना खाइसकेर आराम गर्दा मलाई किन किन त्यो डायरीको झझल्को आइरह्यो । मन नै मानेन अनि उसको त्यो डायरी लेराई आफ्नो कोठामा बसेर पढ्न थालें ।
Hello There Û
How have you been dear?
आज हामी पाठन मंगलबजार घुम्न गएका थियौं । घुमेर हाम िखाजा खान गयौं । कहाँ थाहा छ । त्यो हामी सधै नेवारी सेट खान जाने हरियो पर्दामा सजिएको पुरानो सटर छ नि, हो त्यहाँ । उसलाई भोक नभएकोले मैले मात्र एक सेट खाजा अर्डर गरें । खाजा पर्खने क्रममा मुटु नै छेड्ने गरी चुरोटको धुँवा मेरो नाकमा ठोक्कियो, मैले पछाडि फर्के हेरें । To my surprise मैले त्यहाँ तिम्रो favorite writer Kumar Nagarkoti लाई देखें । तिम्रो मुखबाट सधैं उनको प्रशंसा गरेको सुनेको थिएँ । तिमी भन्थेउ नि । नगरकोटी काठमाडौंका खुङखार साहित्यकार हुन् ।
कुनैपनि राम्रो रुपलाई देख्नासाथ उनी आँखाले नै तनतनी पिइदिन्छन् र त्यो रुपलाई छताछुल्ल पोखिदिन्छन् आफ्ना किताबमा । प्रतिभाशाली कुमार, चित्र कोर्ने उत्तिकै माहिर छन् । यस्तो लाग्छ कि ‘दा भिन्चीका’ चित्र क हातहरु यिनले नै लिएर आएका छन् । सुन्दर चिज त देख्नै हुन्न, भोलि नै उनले त्यो प्रोटे«ट आफ्नो Canvas मा उतारेर मंगलबजारका गल्लीहरुमा बिक्रीमा राखिदिन्छन् । तिम्रा कुराहरु झलझली याद आयो अनि मैले नास्ता फटाफट खाएर उसलाई त्यहाँबाट बाहिर लगिहालें ।
हामी त्यहाँबाट निस्केर बङ्गलामुखी मन्दिर हुँदै फर्कदै थियौं र कस्तो coincidence हो, उसलाई कुमारीको दर्शन गराई फर्किदा मेरा आँखा Opposite direction बाट आउँदै गरेका कमिज सुरुवाल लगाएका ती बुढा मान्छेमा प¥यो । तिमीलाई थाहा छ ति बुढा मान्छेमा प¥यो । तिमीलाई थाहा छ, ति बुढा बा को थिए ? ति तिनै बा बा हुन् जसलाई तिमी जिस्किएर अजम्बरी ऐला खाने पासा भन्थेऊ । तिनैले त हो नि तिमीलाई छेऊमा आएर बाला मैचा छु जु ल ? भन्दै मजिपा लाखे सुनाएका ओहो ! मलाई डर लाग्यो अनि मैले उसलाई केही नै नभनि फनक्क फर्काएर अर्को बाटो लगे ।
बाटोमा आज जाम फेरि कस्तो थियो । कामले भन्दा जामले ढिलो पार्ने शहर काठमाडौं हामी गाडीमा थियौं । पछाडिबाट बाइकले ठक्कर दियो । उसले पछाडि फेर्कर हेरी, मैले को हो ? भनि सोधे । उसले खै को दारीवाल हो भनि । मैले फर्केर हरें ति दारीवाला त घिमिरे युवराज पो रहेछन् । घिमिरे युवराज याद छ तिमीलाई ? वरिष्ठ नाट्य निर्देशक के त ! मैले तिमीलाई शिल्पि थिएटरमा लगेर उनको नाटक देखाएको होइन त ? शायद कुनै नाटकको लागि दारी पालेका रहेछन् । उसलाई चाँहि घिमिरे युवराज कविर सिंह जस्तै पो लाग्यो रे । हा हा...
आज जून तिमी त्यो Plane Crash मा बित्यौं भन्ने कुरा यो संसारमा मलाई बाहेक कसैलाई थाहा छैन । मैले आपूmलाई तिम्रो कमी महशसु हुन नदिन एउटा रोबोट त बनाएँ, हुबहु तिमी जस्तै तर त्यसमा एउटा श्वास, प्रश्वासको कमी छ । त्यो पनि मैले पूरा गर्न सके भने अरबी सोफियालाई तल पार्दै तिम्रो नाम गिनिज बुकमा आउनेछ । अनि बल्ल मेरो नाम तिम्रो नामसँग जोडिनेछ, जून ।
त्यतिञ्जेल यो कुरा म कसैलाई पनि सुनाउने छैन । म मेरो बुबालाई पनि भन्दिन’’ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper