banner
banner

काजकस्तानमा नेपाली चाउचाउ

काठमाडौं । चौधरी ग्रुपले काजखास्तानमा वाइवाइ प्लान्ट स्थापना गरेको छ । यो उद्योगका उत्पादन युरो एसियाली बजारमा सेवा दिने उद्देश्य राखिएको छ ।
चौधरी ग्रुपको यो वाइवाइ प्लान्टको उद्घाटन काजाखास्तानका प्रधानमन्त्री अस्कर मामिन (बायाँ) र विनोद चौधरी (दायाँ) ले सामुहिक रुपमा गरेका थिए । 
विदेशी मुलुकमा खोलिएको वाइवाइको यो तेस्रो प्लान्ट हो । यो प्लान्ट उद्घाटनपछि प्रम मामिनले प्लान्टको निरीक्षण समेत गरेका थिए । स्मरणीय छ, चौधरी ग्रुपले खाजाक रिपब्लिकको तुर्किस्तानमा चाउचाउ वाइवाइको प्लान्ट उद्घाटन गरेको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले ट्विटरमा उल्लेख गरेका छन् । चौधरी ग्रुपले यसरी नेपालको व्यापार र चिनारी दुबै फैलाउँदै गएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper