banner
banner

तीज महिला चाड कि बिकृति ?

देवी काफ्ले -
अहिले तीजको बिषयलाई लिएर महिला महिला मै छेडखानी चलीरहेको छ । एकतर्फी महिलाको भनाई छ तीजलाई भड्किलो होईन मौलिक बनाऔं । दर खान दिदी बहिनीहरू जुटे पनि दरलाई दरकै रुपमा खाऔं । सबैले खान सक्ने हैसियतले खाऔं । धेरै गहना कपडामा खर्च नगरौं । घर टोलमा मिलेर खाऔं । पारिवारिक वातावरणमा खाऔं । गाऔं । नाचौं । रमाइलो गरौं, त्यो पनि तीजको नजिकमा ।
अर्को थरी महिलाको आवाज छ बर्षदिनमा आउने तीजमा हामीले आफ्नो तरीकाले मनाउन नपाउने ? आफ्नो तरिकाले खुशी साट्न नपाउने ? चाड मान्न, होटल पार्टी प्यालेस जान नपाउने ? अडियो बजाएर नाच्न नपाउने ? के अब हामीले खाना खान होटल जाँदा पनि प्रशासनको अनुमति लिनु पर्ने ? यही हो महिला अधिकार ?
पार्टी प्यालेस,होटल ब्याबसायीको ब्यापारमा केहि धक्का अवश्य लागेको छ ।जिल्ला प्रशासन कास्कीले गरेको निर्णयले । तर प्रशासनको निर्णय सहि भन्ने एउटा बर्ग छ भने अर्को बर्ग छ के तीज चाड के पी र प्रचण्डको पेवा हो र ? हामीले तीज मनाउँदा गाइएका गीतले कसको कानको जाली फुट्यो ? कसरी ध्वनी प्रदुषण भयो ? अनि संस्कृति नै छ गहना लगाउने, नयाँ सारी चोली लगाउने हामीले किन नलगाउने ?
सामाजिक सन्जाल त तातेकै थियो हुंदाहुंदै आज पोखरा महानगरमा त बिश्व हिन्दु महासंघले संस्कृति माथि धावा बोलियो भनेर पत्रकार सम्मेलन कै आयोजना गर्यो । पोखराबाट शुरू भयको यो अभियानले देशका धेरै जिल्लामा गति लिएको पनि छ । बिरोध अबरोध पनि भैरहेका छन् ।रूपन्देहिमा पनि केहि बिरोधका बावजुद केहि भाषा फेरेर तर निष्कर्ष उसै ठाउँमा पुगेर जिल्ला प्रशासन, सामाजिक मन्त्रालयले प्रतिबद्धता जाहेर गरेको छ ।
देशका अन्य महानगर, नगरपालिकामा यस बिषयमा टड्कारो रूपमा बहस थालिएको छ ।
अब यो बिषयलाई सबैले सकारात्मक रूपमा लैजानु पर्छ भन्ने मान्यता मेरो पनि हो । तीज हामी नेपाली नारीको महान् धार्मिक आस्था बोकेको चाड हो । यसमा दुई मत छँदै छैन । केहि समय यता तीजमा केही बिकृति ब्यापक रूपमा फैलिएको सत्यतालाई कसैले नकार्न खोज्छ भने त्यो ढोंगी हो । त्यसले तीजको महत्व बुझेकै छैन । मैले बबिता बस्नेतलाई चिन्दिन तर पनि उहांले लेखेको घटना र बिचार को लेख मैले पढें । थोरै कुरामा सहमत भय पनि धेरै कुरामा म सहमत हुन सकिन किनकी उहांले एउटा ठाडो प्रश्न तेर्स्याउनु भयको छ । जहाँ लेखिएको छ– जिल्ला प्रशासन कांस्कीले महिला संजाल प्रयोग गरेर दर खाने कार्यक्रमलाई रोक्न दवाव दियो । महिलाले जसरी पनि निराहार ब्रत बस्नै पर्छ । त्यस्तै गरगहना र कपडाको बिषय पनि जोड्नु भयको रहेछ ।
हो सामाजिक महिला अभियन्ता अन्जु क्षेत्री र उनको टिमले यो बिषयमा धेरै नै अध्ययन गरेर अब यसरी तीज लम्बियो भने हाम्रो संस्कार केही बर्षमा नै कुसंस्कार बन्ने छ यसले समाजमा फेरी महिला महिला बिच नै भेदभाव र शत्रुको रुपमा परिस्कृत गर्ने छ भनेर नै ज्ञापनपत्र बुझाए । छलफल पछी कास्की जिल्ला प्रशासनले परीपत्र जारी गर्यो र त्यसको असर अन्य प्रदेश, जिल्ला र स्थानीयय निकाय सम्म प¥यो ।
म सोध्न चाहान्छु– केही बर्ष अगाडी पार्टी प्यालेस चल्तीमा थिएन । के त्यो बेला महिलाले तीज मनाएकै थिएनन् ?
हाम्रो संस्कारमा तीजको दर खान माछा, मासु, वाइन, बियर र भोड्का प्रयोग हुन्थे ?
मसँग कसैले सोध्नु पर्दैन आफ्नै आत्मालाई सोध्नुहोला ।
अनि कुन चांहि पत्रमा लेखिएको छ र तीज नै नमनाउने भनेर ?
यहाँ त असारदेखि होटल पार्टि प्यालेस बुक गरेर कहिले कुन पार्टी प्यालेस कहिले कुन पार्टी प्यालेस दर खान भन्दै लर्को लाग्न थाल्यो ।
अनि हामीले तीज मनाउन पार्टी प्यालेस जाँदा घरमा छोराछोरीलाई लिएर जान्छौं की छोडेर ? एक दिन भए त छोडेरै जाने हो, हाम्रो पनि स्वतन्त्रता छ  । तर दुई महिना देखी जांदा छोराछोरीले नै सोधे मम्मी तीज भनेको कति महिना मनाऊने ? दशैं त स्कूल ७ दिन मात्रै बिदा हुन्छ  । तीजमा बिदा एक दिन तर दर चांही महिना दिन?अनि हामी जवाफ के दिने ?
 म सानो जागिरे मेरो साथी हुनेखाने परीवारकी र लोग्नेले जग्गाको कारोवार गरेर टन्न कमाउने । उसले लगभग दिन बिराएर असार देखि नै दर खाने कार्यक्रममा जाउं पैसा १०००– २००० त हो नी भन्दै प्रत्येक पल्ट साडी फेरेर जांदा मलाई लाग्थ्यो यो चाड किन आयो ? न त मलाई गहना फेरेर लाउन पुग्छ न त महंगा पोशाक नै मेरो त दुई जनाको कमाईले तिनजना छोराछोरी पाल्न र महिना गुजार्न ठिक्क । एउटा अलि महँगो साडी किन्यो की बर्ष भरीको बजेट लथालिंग । अनि मेरो लागी भारी भएन त तीज ?
अहिले फेरी कुरा आयो पहिले आँगन हुन्थ्यो अहिले आँगन छैन कहां नांच्ने अरे ? जहाँ ईच्छा त्यहा उपाय आउनुस मेरो घरमा नाचिदीनुस् स्वागत छ ।
मैले अहिले सम्म पनि बुझ्न नसकेको हो या म सामाजिक हुन नसकेको हो या त संस्कार नबुझेको हो थाहा छैन तर यही तीजलाई बिवादित गराइएछ दलको नाममा । अन्ततः महिलाको बिरोधि महिला हो भन्ने तथ्य प्रमाणित गर्दैछन् स्वयं महिलाहरू नै । नपढेकाले बुझेनन् पढेकाले बुझेर सकारात्मक सन्देश प्रवाह गर्नु पर्ने ठाउँमा उल्टै बिरोधाभाष अभिब्यक्ति दिंदैछन् बिडम्वना  ।
ए बुजुर्ग महाशयाहरू तीजलाई नमनाउन कतै लेखिएको छैन राम्रोसँग हामी निम्न बर्गिय महिलाहरूको पनि अवस्था हेरीदिनु त ।
तपाईंहरूसँग धन छ दिनहुँ मिठो खानुस् । होटल पार्टी प्यालेसमा जानुस्, हामीलाई आपत्ती छैन तर मनको बेदनाको कुटुरो खोल्ने यो चाड हामीलाई पनि आउन दिनु न । हजुर हामीसँगै एकदिन रमाउँ न ।
 फेरी पनि महिला अधिकार कर्मीहरु ,महिला नेतृहरूले नै यो कुरा बुझ्न नचाहेको जस्तो लाग्यो । उहाँहरू बुझ्न नसक्ने होइन कि अभियानको बिरोध गर्नु हुन्छ त अनपढ महिलाले कसरी बुझ्ने ? यो अभियान असफल पार्न चुनौती दिंदै हिजो अस्तीबाटै दर खान दुगुर्नु भैसकेको छ ।
हामी कहाँ महिला पछी परियो भनेर नारा आजकल पार्टीप्यालेसमा पो लाग्दोरहेछ । महिला अधिकार त्यतै पाइन्छ । किन आर्थिक, राजनैतिक,सामाजिक समानता खोज्नु किन प¥यो र गरगहना ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper