banner
banner

अर्काको बुद्धीले कति दिन राज गर्ने ?

राजन कार्की -
लोकलज्जा भनेको नैतिक बन्धन हो । लोकलज्जा पालना गर्ने हो भने लिखित संविधान नै चाहिदैन । लोकलज्जा आफैमा आचारसंहिता हो । यसकारण त बेलायत बेलायत बनेको छ ।
लोकतन्त्र लोकजीवन हो । लोक व्यवहार हो । लोकतन्त्रमा लोक देखिन्छन्, सुनिन्छन्, लोकका आवाजको कदर हुन्छ । लोकमत लोकतन्त्रको गहना मानिन्छ । गहनाबिना लोकतन्त्र कुरुप देखिन्छ । लोकतन्त्र र लोकलज्जा यी दुबै विशेषता मरेको छ । नाम छ, नाम बदनाम छ । लोकलज्जा नभएकाले लोकतन्त्र बोकाको टाउको देखाएर बाख्रीको मासु बेच्ने उखानजस्तो ढाँटको खेती बनेको छ ।
भारतको नक्कल गर्ने नक्कले राजनीतिज्ञहरु भारतकै भाषा बुझ्छन् भने महात्मा गान्धीको भनाई सम्झना गराउनु उपयुक्त होला । गान्धी भन्थे– वीरता मनमा हुन्न, मर्नमा हुन्छ । वीरता लोकको इज्जत लुट्नुमा हुन्न, लोकको इज्जत बचाउनुमा हुन्छ । १३ वर्षदेखि यी लोकतन्त्रवादीहरु मनमा वीरताको अहं पालेर बसेका छन्, लोकको इज्जत लुटेर सत्तासुख लुटिरहेका छन् । केही दर्जन नेताहरु राष्ट्रिय अस्मिता र लोकहित महाभारतकी द्रौपदीको दुर्योधन, दुशासनले चीर हरण गरेझैं अमानवीयता, लज्जाहीन अनैतिक बनेर चीरहरण गररहेका छन् । कथित लोकतन्त्र यो सब परिदृश्य टुलुटुलु हेरिहेका छन् । लोकतन् र लोकलज्जाको यतिसम्मको कन्तबिजोग ।
इतिहासमा एउटा घटना छ, जुन हृदयबिदारक छ । इरानमा सावाकजस्ता धूर्तलाई आँखाको ज्योति मान्दा राजा पहेलवीले देश त्याग्नुप¥यो । नेपालमा देशी विदेशी धूर्तहरुको जालो हिजो थियो, आज छ, अनेक परिवर्तनका कारण धूर्त बनेका थिए । नबिर्सौं, वर्तमान कालखण्ड अन्धकार युग हो, धूर्तहरुकै कारण ।
केही नेताको छवि धुमिल हुँदा देश र जनताको सम्मान धुमिल हुनुहुन्न, लोकतन्त्र र लोकलज्जा नाघिनु हुन्न । दुर्भाग्य, जुन नेपालमा निरन्तर जारी छ । लोकतन्त्रलाई लोकले नै अव सराप व्यवस्था भन्न थालिसकेका छन् । यद्यपि व्यवस्था खराव हुन्न, सञ्चालक खराव हुन्छन् । लोकतन्त्रका चालकको मती खराव भएकाकारण, लोकलज्जा र लोकतन्त्रको महिमा नबुझ्दा संविधान र पद्धति नै दुर्घटनामा परेको छ ।
थोमस एल्वा एडिसन लाइट बल्बका आविस्कारक हुन्, तर उनलाई भुलक्कड बैज्ञानिक भनेर चिनिन्छ । आफ्नो नाम बिर्सने कस्ता बैज्ञानिक होलान् यिनी ? जनयुद्ध, जनआन्दोलन गरेर लोकतन्त्र चलाउने नेताहरु बैज्ञानिक होइनन्, तर भुलक्कड हुन् । किनभने यिनले लोकतन्त्र आएपछि नेपाल स्वर्ग बन्छ, समानता हुन्छ, सर्वहाराका लागि त बरदान नै हुनेछ भनेका थिए, बरदान आफैले लिए, आफै सुखी बने । न देशले केही पायो, न आमनागरिकले केही पाए । यसकारण आलु खाएर पेडाको धाक भन्नु र नेपालमा लोकतन्त्र छ भनेर संसदवादीहरुले भन्नु उस्तै हो । लोक नदेखिने, लोकआवाज नसुनिने, लोकसँग गरेको प्रतिवद्धता पूरा गर्नु नपर्ने र सत्तामा पटक पटक गएर जनघात र राष्ट्रघात गरेर पनि जवाफदेहीता लिनु नपर्ने कस्तो लोकतन्त्र हो यो ?
सुकरात भन्थे, अल्छी त्यो व्यक्ति हो, जसले राम्रो काम गर्नसक्ने क्षमता राख्छ तर गर्दैन । सुकरातको भनाइमा कसी लगाउने हो भने राजनीतिक दलहरु अल्छी हुन्, दुई तिहाइको सरकार अल्छी सरकार हो । यो बुद्ध जन्मेको देश । यो देश नेपाल, नेपाललाई नयाँ नेपाल बनाउँछु भनेर कम्मर कस्ने बहादुरहरु यतिबेला कायर बनेका छन् । हाम्रा नेताहरु कायर हुन् भन्ने सवालको जवाफमा एक बुद्धमार्गीको कथन यस्तो छ– निर्वाणा प्राप्त गरेपछि बुद्ध प्रवचन दिइरहेका थिए । प्रवचन सुन्न बसेका मध्ये एकजना जिम्मेवार मान्छे उँघीरहेको थियो, बेला बेलामा घुरिरहन्थ्यो । वीच वीचमा बुद्धले बत्स सुतेका हौ ? भनेर सोध्थे, बत्स झल्यास्स हुन्थ्यो र छैन महात्मा भन्थ्यो ।
बुद्धको जीवन र जगतबारेको प्रवचन चलिरह्यो । पटक पटक बुद्धले बत्सलाई निदायौ कि भनेर सोधिरहे, उसले झसँङ्ग, झल्यास्स हुँदै जवाफ दिदै गयो– छैन महात्मा ।
प्रवचनको अन्तमा बुद्धले फेरि सोधे– बत्स जिवित छौ । पहिलेझैं स्वभाविक रुपमा उसले जवाफ दियो– छैन महात्मा । श्रोताहरु हाँसे, बत्स झस्कियो ।
बुद्ध उपस्थित समूहतिर हेरेर मुस्कुराए र अन्तिम प्रवचन सुनाए– जो निन्द्रामा हुन्छ, ऊ मृतक समान हुन्छ ।
२०६१ सालको परिवर्तन र हिन्दुराष्ट्र तथा राजतन्त्रको अन्त्य गरेपछि राजनीतिक दलहरु यसरी निदाए कि उनीहरु ज्यूँदा छन् कि मरिसके छुट्याउन मुस्किल छ ।
ज्यूँदा भए उनीहरुले घोषणापत्र, जनतालाई के के वचन दिएका थिए, ती देखिनुपथ्र्यो । मह दलेका पार्टीका नाराहरु साह्रै स्वादिला थिए, आलोपालो सत्तामा पुगेर जुन प्रकारको कुशासन गरे, जनता र देशमाथि खातै खात लाग्ने घातै घात गरे, त्यो सब देख्दा लाग्छ, राजनीतिक दलहरु जिवन्त छैनन् । निन्द्रामा छन् ।  
यसकारण त, टु दी पिपुल, बाई दी पिपुल, फर दी पिपुलका जन्मदाता अब्राहम लिङ्कनको परिभाषालाई नेपाली राजनीतिमा– टु दी पार्टी, बाई दी पार्टी, फर दी पार्टीका रुपमा देखिन्छ लिङ्कनको परिभाषा कतै फेल भयो भने नेपालमा भयो र नेपालको लोकतन्त्र बलेके मैनबत्तीजस्तो छ, जुन बिस्तारै बिस्तारै पग्लदै सकिदै गएको छ ।
प्रचण्ड स्वाधीनताका लागि सुरुङयुद्ध गर्नुपर्छ भन्ने नेता थिए । बाबुराम संसदीय पोखरी सफा नगरेसम्म स्वच्छ पानी दिन सकिन्न भन्थे । देउवा त समाजवाद र प्रजातन्त्रका डोले हामी हौं भन्छन् । ओली समृद्ध नेपाल सुखी नेपालीको ढोल पिट्ने प्रधानमन्त्री हुन् । देशभक्तिको भाषण नगर्ने कुनै नेता नै छैनन् । तर जति पनि नेताहरु सत्तामा पुगे, देशभक्ति हात्तीको देखाउने दाँतमा सिमित राखे । आज दुई तिहाइको ऐतिहासिक र सबैभन्दा बलियो सरकार छ तर देशभक्तिका मामिलामा भिजेको परालखुट्टे सरकार भनेको यही हो । देश भन्छ, देशभक्ति गर्दैन । जनता भन्छ, जनताको कुरै सुन्दैन ।
निरंकूशताको पुतला, अधिनायकवादी संस्कार भनेको यही हो । यसकारण नेपालको लोकतन्त्र फोहरी सोच छोप्ने देखावटी सुकिलो टालोमात्र हो ।
जनवादको हुंकार खुब गर्छन् नेपाली कम्युनिष्टहरु । समाजवाद उन्मुख सर्वहाराको सरकार हो यो पनि भन्छन् । जनतालाई सकसमात्र दिइरहेछ जनवाद, समाजवाद । दुःखी जनता नाना, खाना, छाना र न्याय खोजिरहेका छन् । सरकार कर थोपरिरहेको छ, सेवाका नाममा अनियमितता बढाइरहेछ । ‘नेपालीलाई मार्ने, विदेशीलाई पोस्ने’ ०४६ सालपछि यही उद्यम चलिरहेको छ । राजनीतिमा लेण्डुप हैजा फैलिएको छ । लोकतन्त्र छ, लोकतान्त्रिक कोही बन्न चाहदैनन् । संविधान छ, नियममा कोही बस्न र चल्न चाहदैनन् । दिल्लीको हाजमोला, जे खायो पचायो, लोकतन्त्रको गायत्री मन्त्र यही हो ।
जनताले देशको माटो मलिलो होस, देश गुलाफ झैं फुलोस् भनेर खोजेका हुन् । नेताले प्लास्टिकको गुलाफ दिए । प्लास्टिक क्यान्सरको कच्चा पदार्थ हो । यिनै नेता र यही नीति र सोच कायम रहने हो भने लोकतान्त्रिक स्वाभिमानको श्वासमा विदेशीकरणको दुर्गन्ध झन बढी फैलिनेछ । लोक र देश नदेखिने तन्त्र लोकतन्त्र हुनसक्दैन । लोकतन्त्रको आदर्श वाक्य त्जबत न्यखभचलmभलत ष्क तजभ दभकत धजष्अज नयखभचलक तजभ भिबकत हो । बुझ्न सके यो वाक्यभित्र लोकतन्त्र लोकआनन्द अन्तर्निहित छ ।
बुद्धवाणी, लोकतन्त्रको निर्वाणा सीमा नसुनेर नदेखेर सुत्ने सुतारोहरु जो जिवन्त छैनन्, सुनाएर के काम ? भैंसीलाई बिनबाजा भनेको यही हो ।
आत्मा हुन्छ भने लिंकनको आत्मा नेपालको लोकतन्त्र देखेर दुःखित होलान् । ९ महिना आमाको गर्भमा रहेर जन्मेको शिशु पनि १३ वर्षमा बुझ्ने बुझाउन सक्ने भइसकेको हुन्छ । १३ वर्षे लोकतन्त्र लुटतन्त्रमा सिमित हुनपुग्यो ।
स्मरणरहोस्, १९७८ फेब्रुअरी ३ मा नेपाल आएका तेङ्सियाओ पिङले नेपाल र चीन एउटा डाँडो र एउटा नदीले जोडिएका छौं भनेका थिए । तेङको चीन विश्वबजार, विश्वशक्ति बनिसक्यो, बीआरआइको योजना बोकेर चीन विश्वभरि फैलिन थालिसक्यो । हामी दक्षिणीको लुतो कन्याएर बसेका छौंं । चाउएनलाईले १९६० अप्रिल २८ मा नेपाल र चीनवीच रगतको सम्बन्ध छ भनेका थिए, त्यो रगतको सम्बन्धलाई ४२ वर्षपछि पनि हामीले व्यवहारमा उतार्न सकेनौं, खल्तीमा राखेर गुम्स्याएका छौ । हाम्रो राजनीतिक र कूटनीतिक चेत कति अचेत छ, राजनीतिक प्राणी र कूटनीतिक क्षमता कसरी निदाइरहेको छ । कठै ?
काबुलको आतंकपूर्ण वातावरणमा रोजगारीका लागि गएका धादिङ्, गोगनपानीका साधुरामले केही समयअघि बिदामा आएका बेला भनेका थिए– ‘कावुलमा ट्रेन्च, बम, बारुद, रकेट पड्किरहन्छ, तैपनि त्यहाँ सुरक्षित सुत्न सकिन्छ । म आफ्नै घरमा सुत्न सकिन ।’ लोकनेताहरु यसबारे के भन्छन् ??

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper