banner
banner

हासको चाला न कुखुराको चाला ?

राजन कार्की -
राष्ट्रपिता सनयात सेनलाई सलाम गर्दै चीनमा तिनै माओका अनुयायी देङ सियाओ पिङको उदय भयो । उनले चीनको प्रगतिको खुलापनसहितको कम्युनिजम खाका कोरे, चीनलाई एकतावद्ध र समृद्ध पार्ने राजमार्ग तय गरे । आज चीन विश्व आर्थिक र सामरिक शक्तिका रुपमा उदाएको छ, यसको श्रेय तिनै लोकनेता माओका अनुयायी, सनयात सेनमा गर्व गरेर अघि बढेका देङ सियाओ पिङलाई जान्छ । उनका आधुनिक अनुयायी बनेका छन्– सीजिन पिङ । जसले देङ्ले देखाएको राजमार्गलाई पुरानो सिल्क रोड, हर्स रोडलाई अझ फराकिलो पारेर ओविओआरको महत्वाकांक्षी योजना अघि सारेका छन् । अव चीन विश्व जोड्ने सम्पन्नतासहितको राजमार्ग निर्माण गर्दैछ । छिमेक पहिले भन्ने भारत छिमेकलाई राजनीतिक, सामाजिक, आर्थिक, सीमाना, जनसंख्याजस्ता अतिक्रमणकारी खुनी पञ्जा फैलाएर दुःख दिइरहेको यति नै बेला चीन सबैको सार्वभौमिकताको सम्मान गर्दै सिल्करोड, वान बेल्ट वान रोड र दक्षिण दक्षिण सहयोग नीतिको मार्गचित्रका साथ अघि बढेको छ । चीनको यो अभियानलाई विश्वास रचमत्कारिक शक्ति आर्जनको महायज्ञ भन्दा हुन्छ । लोकनेता बन्ने इच्छाशक्ति भयो भने एकजना राष्ट्रिय नीतिकार र त्यो नीतिलाई कार्यान्वयन गर्ने अनुयायी तैयार गरियो भने के गर्न नसकिने रहेछ भन्ने प्रेरणाको स्रोत हो चीनको विकास, चीनको प्रतिवद्धता, चीनको महायात्रा ।
कोरिया पनि प्रेरणादायी उदाहरण हो । १९५० मा अमेरिकी नेतृत्वको बहुराष्ट्रिय सेनाले ध्वस्त पा¥यो कोरियालाई । एक कोरिया उत्तर र दक्षिण दुई राष्ट्र बन्यो । २०१८ देखि बल्ल यी दुई कोरियाली भाइ भाइ, बहिनी बहिनी हात मिलाएको, अँगालो मारेको दृश्य देख्न थालिएको छ । युद्धका बाछिटाहरु रोकिएका छन्, काला बादल फारिन थालेको छ ।
१९५० को दशकको कोरिया, रछ्यानमा फालेको भातको सिता टिपेर खाने स्थितिमा थियो । दक्षिणतिर पार्कचुङ हीको उदय भएपछि कोरियामा आर्थिक क्रान्ति भयो, कोरिया आज सम्पन्न मुुलुकमध्येमा पर्छ । बैदेशिक रोजगारीमा बाँचेको अर्थतन्त्रलाई पार्कचुङको सोच र प्रतिवद्धताले प्रगतिको शिखरमा पु¥यायो । पार्क चुङ ही थिए लोक नेता ।
उत्तर कोरियातिर किम इल सुङको उदय भएपछि राष्ट्रलाई एक ढिक्का बनँएर अघि बढे । उनको शेषपछि उनका छोरा किम इल जङ र २०११ पछि किम इल उन उत्तर कोरियाका शिखर नेता हुन्, जसले उत्तर कोरियालाई पटक्कै भड्किन दिएनन् । अमेरिकासमेत उत्तर कोरियाको एकता र देशभक्तिबाट कायल भयो र गत जुनमा सिंगापुरमा र भर्खर भियतनाममा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तरका शिखर नेता किम जङ उनवीच दुईचरणको वार्ता सम्पन्न भएको छ । उत्तर कोरियाले अमेरिकासँग वार्ता गर्ने हैसियतमात्र बनाएन, अमेरिकी राष्ट्रपतिले किम जोङ उनसँग प्रेम भयो भन्ने अभिव्यक्त गर्न लगाउन सक्नु उत्तर कोरियाको कँटनीतिक र देशभक्तिपँर्ण सफलता हो । त्यस्तो हुन्छ लोकनेता भनेको ।
लोकनेताको प्रसङ्गमा जाज्वल्यमान सिंगापुरलाई एसियाको युरोप बनाउने क्षमता देखाएका लि क्वान युलाई बिर्सनै सकिन्न । १९५९ देखि १९९० को ३२ वर्षमा सिगानपुरलाई सिंगापुर बनाइदिए यिनले । अस्थिर र अराजक, भ्रष्ट र भताभुङ्ग, लथालिङ् सिंगापुरलाई स्थिर, अनुशासित र बिधियुक्त र व्यवस्थित बनाएर यिनले आफ्नो देशभक्ति ढुंगाको अक्षरले लेखिदिए । नेतृत्वमा त्याग र इमानसहितको इच्छाशक्ति भयो भने नहुने के रहेछ । मुलुकको मुहार फेर्ने सपना कसरी साकार हुनेरहेछ । यसकारण लि क्वान यु लोकनेता हुन् ।
इन्डोनेसियातिर हेरौं । सुकार्नो, मलेसियाका महाथिर मोहम्मद । यी दुबै लोकनेता । मलेसियालाई समृद्ध बनाएर थकाई मारेका महाथिर गतवर्ष फेरि राजनीतिमा आए । राष्ट्रपति बने र भने– म मरेको छैन । मेरो देशलाई आवश्यक प¥यो भने म चिताबाट पनि उठेर आउँछु । आम मलेसियालीले ताली बजाएर स्वागत गरे, सम्मान गरे, विश्वास गरे । त्यस्तो हुन्छ लोकनेता । छिमेकी बंगलादेश । राष्ट्रपिता हुन् मुजिवर रहमान । उनी मर्दा उनको जिउमा लगाएको पेटीगन्जी च्यातिएको पाइयो भने उनको मृत्यु हुँदा सद्गत गर्ने पैसासमेत थिएन । उनको बैंक खातामा न्यँनतमभन्दा बढी पैसो रहेनछ । जनताको आँखामा आँसु दिएर गए यी नेता । आमजनता यिनको मलामी बने । एउटा नेताले कमाउने जनआस्था, जनविश्वास, जनभरोसा रहेछ । मुजिवर रहमानले जे कमाए, सम्मान कमाए, उनी अमर बनेका छन् । उनी हुन् लोकनेता ।
प्रजातन्त्र मध्यम हो जनसेवा गर्ने । यो माध्यम अल्पविकसित र विकासशील मुलुकमा सफल हुन समय लाग्नेरहेछ । यस्ता मुलुकमा निरंकँश शासक चाहिनेरहेछ । निरंकँश शासकको देशभक्तिले राष्ट्रलाई एउटा मुकाम, एउटा स्तरमा पु¥याउन सक्यो भने त्यो शासकको पँजा हुनेरहेछ । लोकनेता निरंकँश भए पनि देश निर्माणको उसको उपलव्धिलाई सबैले सह्राहना गर्ने रहेछन् । उही नै लोकनेता बन्ने रहेछ । जसरी लि क्वान यु बने । हाम्रो राजनीति राष्ट्रनिर्माता चिन्दन । वीर विभँति चिन्दैन । संस्कृति र संस्कार बिर्सदै पश्चिमाकरण गरिरहेको छ । जुन माटोमा उभिएको छ, त्यो माटोलाई बेच्ने, माटोका सन्तानलाई विभेद गर्ने, अर्काका सन्तानलाई नागरिक बनाएर लोकतन्त्रको गुड्डी हाँकिरहेको छ हाम्रो राजनीति ।
नागरिकले नागरिक मारेर केही व्यक्ति सत्तामा पुगेको १३ वर्ष भयो । ०१७ सालको परिवर्तनले ३० वर्ष चल्यो, त्यही कालरात्रिले देशलाई एउटा गति दिएको थियो, नेपालीत्वको जगेर्ना गरेर विश्वमा नेपाल भन्ने मुलुकको पहिचान कुँदेको थियो । ०४६ साल र ०६३ सालको परिवर्तनले नेता धेरै निस्के, लोकनेता एकजना पनि जन्मिन सकेन । नीति, नैतिकता, इमान र प्रतिवद्धताको महत्व वर्षाको कृष्णभीर खस्किएझैं लस्किएझैं पहिरोको चपेटमा परेको प¥यै छ । समाजवादी आए, क्रान्तिकारी आए, कोही सर्वहाराको नारा लगाउँदै आए, कोही देशभक्तिको गीत गाउँदै आए, जो आए सत्ताका र स्वार्थका लागि आए ।
लोकनेता शँन्य, नेतै नेता भएको देश बन्यो नेपाल । राजनीतिमा नेता, निजामतीमा नेता, संस्था संस्थानमा नेता, नागरिक समाजमा नेता, मानवाधिकारवादमा नेता । नेता नभएको कुनै बर्ग वा समुदाय छैन । लोकतन्त्र आएपछि त नेतातन्त्रको महारोग नै आयो, यो सरुवा रोग सर्दै सर्दै भाषा, भेग, जाति, बर्ग, लिङ्ग, जनता पनि नेतैनेता । राजनीति व्यवसाय बन्यो । राजनीति गर्ने रातारात लखपति, करोडपति, अर्वपति, खर्बपति बन्न थाले । गरिब जनताका धनी नेता, धनी पार्टी, धनी कार्यकर्ता । नेपालमा विकास भनेको दलाली बनेको छ । गाउँले दलाल, सहरीया दलाल, सत्तामा दलाल, शासन प्रशासनमा दलाल । जताततै दलालै दलाल । लोकतन्त्र लुटतन्त्र बनेको त्यसै होइन ।
नेपालमा सबै छ, लोकनेता छैन । लोकनेता खट्किएको छ, पद्धति भड्किएको छ । राजनीतिमा अनैतिकता छ, जीवन छैन राजनीति मरेको छ । संविधान छ, अपनत्व छैन । कानुन छ काम गर्दैन । सरकारभन्दा एनजीओ, आइएनजीओ बलिया छन् । राज्यमा विदेशी दाताहरुको हालीमुहाली छ । जनताले प्रतिनिधि बनाएकाहरु यतिसम्म गएगुज्रेका छन् कि यी काबिलहरु देशलाई काबुल बनाउन, बिदेशी बुर्कुसी मार्ने फिजीकरण गर्न आतुर छन् । मानौं यी जोगी हुन्, यिनको उद्देश्य मात्र आतँर भोज खानु हो ।
जव सर्वोच्च अदालत सर्वदलीय अदालतजस्तो देखिन्छ, प्रधान न्यायाधीशदेखि संवैधानिक पदाधिकारी नागरिकता र प्रमाणपत्र विवादमा फस्छन्, राजदँतहरु मानव तस्करी गर्छन्, अख्तियारका आयुक्तदेखि एसएसपीसम्म भ्रष्टाचार काण्डमा मुछिन्छन्, यो पैसाको शासन, बाहुबली र माफियाको शासन नभए के हो । यस्तो पनि लोकतन्त्र हुन्छ ? लोकनेता नभएको अराजक मुलुक हो यो ।
सत्तालोलुपता, शक्तिको दुरुपयोग र शान्तिको बलात्कार कसले रोक्ने ? कहिले रोकिने ? एकजना त लोकनेता निस्कनु प¥यो । यो धमिलो अव संग्लिनै पर्छ । रुसका राष्ट्रपति पुटिन राष्ट्रवाद उच्छृङ्खल हुनसक्दैन भन्दै उभिएका छन् । चीनका राष्ट्रपति सी जिनपिङ भ्रष्टाचार अन्त्य गर्दै विश्वशक्ति बन्ने मार्गमा हिडेका छन्, अमेरिकी राष्ट्रपति ट्रम्प राष्ट्र बलियो बनाउन मुसोलिन बन्न तैयार छु भन्न पछि परेनन् । नेपालका नेताहरुले शान्ति, समृद्धि, सुशासन, सुखी नेपाली बनाउने भाषण गर्न छाडेर इमान जमानका साथ काम गर्न थाल्ने कहिले ? भीमनिधि तिवारीले लेखेका थिए– शक्तिले व्यक्तिलाई भ्रष्ट बनाउँछ । भ्रष्ट नेताहरुले भ्रष्ट चरित्र त्याग्न जौ तिल समातेर गौदान गर्ने कहिले ? नेताजीहरु भ्रष्टाचारको भाइरस बनेरै मर्ने, लोकनेता नबन्ने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper