banner
banner

यो त महारिंकूशतन्त्र...

शाश्वत शर्मा -
गत माघ १९ गते, दुईथरिका नेपालीहरुको धारणा बुझ्ने मौका मिल्यो । एकथरि २०६२ साल माघ १९ गते श्री ५ ज्ञानेन्द्रले चालेको कदमलाई निरंकूश तानाशाहीको संज्ञा दिदै थिए ने अर्काथरि चाहिं उक्त कदम देशको परिस्थितिअनुसार उपयुक्त थियो, नेपाल अधिराज्यको संविधानको धारा १२७ अनुसार नै थियो भनेर शाही कदमको बचाउ गरिरहेका थिए ।
अगुल्टोले हानेको कुकुर विजुलीदेखि तर्सिन्छ भनेझैं अघि २०१७ साल पुस १ गते श्री ५ महेन्द्रको कडा कदमलाई सम्झिएर तर्सनेहरु, विदेशी दूतावासबाट हण्डी लिएर राष्ट्रलाई घात गर्नेहरु अनि राष्ट्रको धर्म, संस्कृतिलाई नष्ठ गरेर मुलुकलाई विश्वको मानचित्रबाटै हटाउन लागिपर्नेहरुले श्री ५ ज्ञानेन्द्रको उक्त कदमको खेदो खन्नसम्म खने । माघ १९को शाही घोषणामा अरु जेजस्तो भए पनि आफै कार्यकारी बनेता पनि, राजाले स्पष्टस“ग मात्र ३ वर्षको समय मा“गेका थिए । तीनवर्षभित्र चुनाव सम्पन्न गराएर जनताको नासो जनतालाई नै फिर्ता गर्ने बचन दिएका थिए । त्यतिबेला जनताका नेता हौं भन्नेहरु तैयार भएनन् ।
त्यसो त राजाले आफ्नो अभिव्यक्तिको मर्मअनुसारनै स्थानीय चुनाव पनि सम्पन्न गराएका थिए । तर विदेशी इसारामा महत्वपूर्ण भनिएका पार्टीहरुले उक्त स्थानीय चुनावको बहिष्कार मात्र गरेनन्, चुनाव भा“ड्न अनेक रणनीतिसमेत अख्तियार गरे । अझ तत्कालीन विद्रोही माओवादीहरुको साथ लिएर आफू पनि चुनाव गराउननसक्ने अवस्थामा रहेका पार्टीहरुलाई राजाको सफलता अपाच्य भएकै हो । त्यसपछि दिल्लीमा १२ बु“दे सम्झौता गरेर हिंसात्मक र शान्तिपूर्ण राजनीति गर्नेहरु मिलेर राजतन्त्रको बिस्थापन गरिदिए । राजाको कदमविरुद्ध पार्टीहरु भन्थे– अव निरंकूशता लादियो । बोल्न लेख्न पाउने स्वतन्त्रता खोसियो । प्रजातान्त्रिक अधिकार अपहरणमा प¥यो । मुलुक सयवर्ष पछाडि धकेलियो । आदि । यथार्थमा लोकतन्त्र आएपछि मुलुक अस्तव्यस्त र ध्वस्त भएको छ ।
हामी जनता त्यही लहैलहैमा लाग्यौं, बहकियौं र पार्टीहरुको विश्वासमा प¥यौं । परिणाम १३ वर्षदेखि हामी नै भोगिरहेका छौं । आज आमनागरिकको हातमा पछुताउनु बाहेक केही छैन । जहाज खरिद होस् कि एनसेल बिक्री प्रकरण, हत्याकाण्ड होस् कि सुनकाण्ड, इसाईको कार्यक्रममा कृस्तानको बिर्य मिसिएको होली वाइनको प्रसङ्ग होस्, नेताहरु स्वादिलो मानिरहेका छन् भने आमनागरिक पार्टीहरुको बिखण्डन र बिभाजनको दुस्कार्य हेर्न बाध्य पारिएका छन् ।
त्यो बलात्कार र हत्या कसले ग¥यो, सुन काण्ड कसले गरायो ? एनसेलस“ग लाभकर राष्ट्रले किन पाएन ? यी यस्ता प्रश्न हुन्, जसको सवाल सरकारसामु छ भने जवाफ पनि सरकारस“गै छ । किनभने जति पनि अपराधी काम भइरहेको छ, ती अपराधीहरु सरकारको खोकिलामा सुरक्षित राखिएका छन् ।
अझै पनि आफ्ना असफलताहरु लुकाउन पार्टीवालाहरु राजा सक्रिय हुन खोजे भनेर आमजनचासो आफूबाट पूर्वराजातिर लक्षित गर्ने दुस्प्रयास गरिरहेको देखिन्छ । आमनागरिकले सबै बुझेका छन् । तर गु र गोबर छुट्याएर बोल्न नजता बिभाजित छ, एकता टुटेको छ र आमनागरिकको नेतृत्व छैन । जो बोल्न सक्छन्, तिनीहरु पार्टीको झोले बनेर चुपचाप छन् । ३ करोड जनता भएको मुलुकमा जे भइरहेको छ, राजनीतिमात्र भइरहेको छ र देशको दुर्भाग्य राजनीति नै साबित भएको छ । राजनीतिमा नैतिकहीनहरुको बोलवाला भइरहेको छ ।
जनताले बिद्रोह गर्नुपर्ने बेला यही थियो । किनभने राजनीति यसरी भ्रष्टहरुको चङ्गुलमा फसेको छ कि शासन, सत्ता, राजनीति सबै भ्रष्टहरुको इसारामा चल्छ । त्यसैले त संसारमै नदेखिएको जेलमा भएका अपराधीलाई सांसदको बिल्ला भिराइन्छ, शपथ खुवाइन्छ र फेरि जेलमै पठाइन्छ । के हो नाटक ? यस्तो पनि देखियो । पक्राउ परेको सुनलाई तामा भन्ने प्रहरीको हिम्मत पनि देखियो । जनतालाई सपनामात्र देखाएर सरकार मजाले चलिरहेको छ, लज्जा पनि लज्जित भइरहेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper