banner
banner

छुट्याउनै गाह्रो भयो– देवता कुन हो, ढुंगो कुन ?

भारतमा अंग्रेजको शासन । स्वतन्त्रताको आवाज बुलन्द गरेका थिए सावरकरले । थाहा पाएर अंग्रेज सरकारले उतै मरोस् भनेर उनलाई ४० वर्षको सजायको पट्टा भिराएर कालापानीको श्रम शिवरमा  खेद्यो । कालापानीका जेलरले आश्चर्य मानेर सावरकरलाई सोध्यो– यो औलो, यति गर्मीको श्रम शिविरमा तिमी ४० वर्ष कसरी बाुच्छौं ?
सावरकरले सहज उत्तर दिए– म त बाुच्छु, मलाई श्रम शिविरमा पठाउने अंग्रेज सरकारको आदेशको जरोकिलो त्यतिबेलासम्म उखेलिसकिने छ । इतिहास साक्षी छ– केही समयमै १५ अगस्त १९४७ आयो, भारत स्वतन्त्र भयो ।
नेपाल । २०३६ सालमा जनमत संग्रह घोषणा भयो, जनमत संग्रहमा सुधारिएको पञ्चायतले ५४.८ प्रतिशत मत ल्याएर जित्यो, बहुदल हार्‍यो । तर वीपी कोइरालाले वक्तव्य नै प्रकाशित गरेर भने– म जनमतको निर्णयको सदर र कदर गर्छु । म जिवित नरहुुला, बहुदलचाहिं आउुछ । नभन्दै २०४६ साल आयो, दलमाथिको प्रतिवन्ध फुकुवा भयो । १९८२ मा ६७ वर्षको उमेरमा वीपीको देहान्त भइसकेको थियो । यी तिनै वीपी हुन् जसले २०३३ सालमा प्रवाशबाट स्वदेश फर्केपछि भनेका थिए– जब जब मनमा द्विविधा हुन्छ, नेपालको माटो हातमा लिनु, माटोले जेभन्छ त्यही गर्नु । राजनेता भनेका त्यस्ता हुन्छन् । आज वीपी छैनन्, वीपीको विचार पनि छैन । हातमा देशको माटो लिएर कसले विवेक प्रयोग गर्ने ? नेपाली कांग्रेस धुलोमा छ कि धुवाँमा कतै देखिदैन ।
मदन भण्डारी, मनमोहन अधिकारीजस्ताले हाुकेको पार्टी टुक्रा टुक्राबाट केही टुक्रा जोडेर नेकपा बनेको छ । गणतन्त्रको गंगा तर्नु छ, नेकपासँग बहुमतको डुङ्गा पनि छ तर ख्याउने जनविश्वासको पतैया छैन । चुनावी जनविश्वास जनआकांक्षविरोधी निर्णय गरेर नेकपाले गुमाइसकेको छ । नागरिकहरु मदन भण्डारी सम्झन्छन्, मनमोहन अधिकारीको नाम लिन्छन्, त्यस्तो मर्यादित तरिकाले कुनै कम्युनिष्टको नाम जनताले लिदैनन् ।
त्यसरी आएको बहुदल यतिबेला संघीय गणतन्त्रको आकृतिमा छ, यो आकृति जनआस्थाको प्रकृति बन्न सकेन, बन्न सक्ने आधारहरु चर्कदै, भत्कदै गएका छन् । 
सन १७८९ जुलाई १४ को पेरिस आन्दोलन र नेपालको जनआन्दोलनको कार्यान्वयनमा खासै भिन्नता छैन । फरक यत्ति हो– जेकोवाइनले राजालाई गिलोटिनमा गिडेर इतिहास रगतले लेखे, २०६५ साल जेठ १५ गते संविधानसभामै कु गरियो र राजातन्त्र समाप्त पारियो ।
फरक यत्ति हो– जनआन्दोलनको शक्तिले फ्रान्सलाई विश्वशक्ति बनायो । नेपालको जनआन्दोलनको शक्तिले पार्टी परिवारलाई सम्पन्न बनायो । जनयुद्ध र जनआन्दोलनको बल देशहित र जनहितलाई छल गर्न सफल भयो ।
१९८१ देखि २००३ सम्म प्रधानमन्त्री बनेर, मलेसियालाई विकासको उच्चता हासिल गराएर अवकाशको बुढ्यौली जीवन बिताइरहेका ९३ वर्षका महाथिर मोहम्मद राष्ट्र गलत दिशामा गयो भन्ने लाग्नासाथ पुन: राजनीतिमा प्रवेश गरे, चुनावमात्र जितेनन्, म मरेको छैन देशका लागि म चिहानबाट उठेर आएको छु भन्दै नेतृत्व सम्हाल्न पुगे । आउनासाथ उनले खर्च कटौति, भत्ता कटौती विदेशी ऋण खारेज लगायतका थुप्रै सुधारात्मक निर्णय लिए ।
८–८ वर्ष अमेरिकाको राष्ट्रपति भएका जर्ज डब्लु बुस, क्लिन्टन र बाराक ओवामा सामान्य होटलमा खाजा खान्छन्, सामान्य नागरिकसरह जीवन निर्वाह गरिरहेका छन् । तिनका सन्तान होटलमा काम गर्छन् । नेपालको गणतान्त्रिक राष्ट्रपति डा. रामवरण यादवलाई मासिक ८ लाख जनताले तिरेको राजस्वकोषबाट खर्च गर्नुपरिरहेको छ । ७ सय ६१ सरकार कर उठाउने र उडाउने काम गरिरहेका छन् । परिवर्तनपछि बनेका कुनै पनि मन्त्री करोडपति, अर्वपति हैसियतका छन् । देखाएको सम्पत्ति पनि श्रीमतीको दाइजो भन्छन् । दाइजोविरोधी मुलुकी संहिता यिनैले लागु गराएका छन् ।
हाम्रा नेताहरु हरेक नराम्रा कुरा भारतबाट अनुकरण गर्छन् । कुनै पनि भारतीय मेरा भारत महान भन्छन्, नेता हाम्रो नेपाल महान भन्न सक्दैनन् । भारतका नेताहरु जनतालाई भगवान मान्छन्, हाम्रा नेताहरु जनतालाई मिठ्ठा बरफ सम्झन्छन्, जुन चुस्यो, फालिदियो ।
राजेन्द्रप्रसाद भारतका पहिलो राष्ट्रपति बने १९५२ मा । यी तिनै राजेन्द्र प्रसाद हुन् जसले अग्रेजविरोधी क्रान्तिमा सकिय भएका बेलामा रेल चढेर पटना आइरहेका थिए । सोनपुर स्टेशनमा रेल रोकिदा भीडको धक्कमधक्का र गर्मीले अत्तालिएका महिला र बालबालिका पानी पानी भनेर चिच्याएको उनले सुने । उनी रेलबाट ओर्लेर लोटाबाट पानी ल्याउुदै आइमाई, बालबालिकालाई पिलाइरहे । रेल हिड्दासमेत उनी पानी पिलाइरहेका थिए । राजनेता भनेको त्यस्ता हुन्छन् । भुकम्पको कहर खेपेर त्रिपालमुनी पुगेका ७ लाखले अझै घर बनाउन सकेनन्, देशको हालत लथालिङ्ग छ, सम्हाल्ने चासो कुन नेताले गरिरहेको छ र ?
बुद्धको देशका हामी । बुद्धको एउटा उपदेशको मनन गरेमात्र पनि नेतामा सकिएको नैतिकताको उदय हुनसक्छ । बुद्ध जंगलको बाटो जाुदै थिए, डाुकाले डरलाग्दो कर्कश श्वरमा भन्यो– पर्खी । बुद्ध रोकिए । डाँका आएपछि बुद्धले भने– म त रोक्किएु, तिमी कहिले रोकिन्छौं ।
डाँका झर्कियो– के भनिस् रे । बुद्धले शान्त भएरै सम्झाएु– हेर, त्यसै पनि जीवन दु:खको भवसागर हो । जन्मदेखि मरणसम्म दु:खै दु:ख छ । तिमी लुट, मारकाट गरिरहेका छौं । यो सब दु:खबाट तिमी कहिले मुक्त हुन्छौ ? डाँका एकछिन वाल्ल पर्‍यो, उसको दिमागमा के फुर्‍यो कुन्नी, भनिहाल्यो– आजदेखि मैले डाँका जीवन त्यागिदिएँ । ऊ बुद्धमार्गी बन्यो ।
सम्राट अशोक, जो भारतवर्षका चक्रवर्ती राजा थिए । त्यस्ता वीर अशोक लुम्विनी आएर बुद्धको शरणमा परे, हतियार त्यागे, बुद्धको प्रचारमा निस्के । यस्तो देशका नेता ड्याकुल्लाजस्ता, जुकाजस्ता, देश र देशवासीको रगत मात्र चुसिरहने ।
जसले नन्द बंशका शोषक राजा महानन्दको विनास गरे, मगधमा चन्द्रगुप्तजस्ता उपकारी र वीर राजा तैयार गरेर सिकन्दरजस्ता त्यतिबेलाका शक्तिशाली युनानी यवन नरेशलाई हराए र राजाको प्रधानमन्त्री बनेर जंगलको कुटीबाट शासन चलाए, चलाउन सिकाए, ती चाणक्यले भनेका थिए– बुद्धिमानले विहान महाभारत, दिउँसो रामायण र रात्रिकालमा श्रीमद्भागवत अध्ययन श्रवण गरे जीवनका उद्देश्य पुरा हुन्छन्, सार्थकता प्राप्त हुन्छ ।
हाम्रा नेताहरुले राजनीतिक स्वार्थका लागि गरेका संघर्ष सफल त भयो, महाभारतका शकुनी, रामायणका असुर र भागवत्का कंश स्वभावले तिनलाई न युधिष्ठिर बन्ने चेत आयो, न राम, न श्रीकृष्ण बनेर माटोका सन्तानहरुको रक्षा गर्ने सद्बुद्धि नै पलायो । सिंहदरवारदेखि गाउँसम्म हेरौं, मेचीदेखि महाकाली नियालौं, सर्वत्र दुर्योधन नै दुर्योधन आततायी बनेको देखिन्छन् । लोकतन्त्रजस्तो पवित्र नाम बदनाम हुनपुगेको छ ।
भारतीय सैनिक पोष्ट हटाएपछि चीनविरुद्ध हमला गर्न नेपाली भुमिमा खम्पा बिद्रोह गराईयो । २०३० सालमा नेपाली सेनाले खम्बा बिद्रोह सफाया गरेपछिका २२ वर्ष नेपाललाई राजनीतिक अस्थिरतामा धकेलियो । कहिले जनमत संग्रह, कहिले बहुदल, त्यसपछि २०५२ साल फागुन १ गतेपछि १० वर्ष लामो जनयुद्ध । त्यसपछिका दिनहरुमा भ्रष्टाचार बढाइयो, विदेशी हस्तक्षेप चुलिमा पुग्यो र शासनभार राजाको हातमा पुर्‍याउन कांग्रेसलाई हतियार बनाइयो । राजाको शासन आएपछि माओवादीलाई मिसाएर जनआन्दोलनलाई सघाइयो र राजालाई पनि ठेगान लगाइयो । हिन्दुराष्ट्रलाई धर्मनिरपेक्ष घोषणा गराएर संघीय गणतन्त्रको अर्को अध्याय सुरु भएको छ । भारत र पश्चिमाको चाल भनेको नेपालमा धार्मिक हिंसा र उत्पात मच्चाइदिने । स्थिर हुनै नदिने हो । भारतको नजर मधेश र चीनलाई कमजोर पार्नु छ भने पश्चिमाको नजर चीनको बढ्दो प्रभावलाई रोक्नुमा देखिन्छ । भारतले के बुझेको छैन भने बागमतीमा बगेको रगत गंगामा गएर मिसिन्छ ।
जनप्रतिनिधि संकट बने, संकटमोचक बन्न सकेनन् । नेपाल गाईजात्रा देखाउने खुलामञ्च बन्नपुग्यो । लौहपुरुष भनिन्थे गणेशमान सिंह, जसले प्रधानमन्त्री खाएनन्, जसले पार्टी त्याग गरेर मर्नुपर्‍यो, उनी जनता भनेका ‘भेडा’ हुन् भन्थे । विवेक सुताएर सुस्त बनेका हामी भेडा नै हौं त ? कति दु:खद छ घटनाक्रम । ०४२ सालमा बम पड्काउने रामराजाप्रसाद सिंह ‘सिन्धुपाल्चोक पुगेर चेवादी’ भए, जसलाई मोहन बैद्यले लाल गद्धार भनेर आरोप लगाइरहेका थिए, तिनै प्रचण्डले रामराजालाई राष्ट्रपतिको उमेदवार बनाएको पनि देखियो । प्रचण्ड–बाबुराम–बैद्य–विप्लव को ‘युद्धोन्मादी’ हुन्, अन्य पार्टीका समेत को को गद्धार, को को देशभक्त अव छुट्याइरहन परेन, समयले सबैको अनुहारको बुर्का खोलिसकेको छ ।
भारत र चीनको गेम, को कतिञ्जेल कसको मेम बन्ने ? घोडा फेर्ने बानी परेकाले जोशिलो घोडा खोजिरहन्छ र फेरिरहन्छ । घोडा बन्नेले होस गर्नु बेश । जातिवाद बोक्दा टिमोरमा ३ लाख मारिएको कुरा कांग्रेस नेकपाले किन बुझ्दैनन् ? पहिचान नेपालवादी हो, नेकपा र कांग्रेस अझै किन नेपालवाद बोक्दैनन्, ती पार्टीभित्रका युवाशक्ति नेपालबादको बिकल्प छैन भन्न किन सक्दैनन् ?
इतिहास पढ्नुपर्छ र बुझिन्छ– मुसोलिनी माष्टर थिए । उनले जर्मन राष्ट्रवादका लागि हतियार पनि उठाए, जनतालाई जगाए । बृटिस साम्राज्यको जुत्तामुनी कुल्चिएका अमेरिकनहरुले आफुमाथि कर लादिएपछि त्यसको बिरोधमा ‘वार अफ इण्डिपेन्डेन्ट’ सुरु गरेका थिए । यसका नायक थिए : जर्ज वाशिङ्टन । उनी हुन् जसले अमेरिकालाई स्वतन्त्र पार्न अगुवाई गर्ने नेता । पछि पहिलो राष्ट्रपतिसमेत बने । नेता भनेको देश जुरुक्कै उचाल्ने हुनुपर्छ । तव न राजनेता बन्छ । हाम्रा नेता भ्रष्टाचार बोकेर हिड्छन्, जनताको नाक गनाएर बान्ता आउने स्थितिमा भइसक्दा थाहा पाउुदैनन् । जनयुद्ध र जनआन्दोलनको औचित्य के थियो, तिनले गरेको निर्णयहरुले देशको सुशासन र समृद्धि कति भयो ? ती भ्रष्टका मतियार बने, राजनेता बन्न किन सकेनन् ? कसको षडयन्त्रका गोटी बनेका थिए, अर्को पुस्ताले, इतिहास र जनअदालतले कठघरामा उभ्याएर प्रश्न गर्छ, गर्छ ।
सुनसरीमा महिष पुजन गर्नेका खड्गो काटियो कि काटिएन ? जनतालाई कुल्चनेहरुले कमल नयनाचार्य र नरनारायणबाबाको पाउ ढोग्दा कुन शान्ति र कुन प्रगति प्राप्त भयो ? नाफाको जिन्दगी बाँच्नेले अव जनताका काम गर्छु भनेको खोई के लछारपाटो लाग्यो, जता हेरे पनि नतिजा उही शुन्य ? ज्योतिषले सात पटक प्रम हुन्छस् भनेका व्यक्ति पनि सित्तैको ट्वाुट ठाडो घाुटी लगाएर दिन बिताउने काल पर्खने गरिरहेका छन् । ऋतु परिवर्तन भइरहन्छ, देशको छोरो वा छोरी सर्वोच्च स्थानमा पुग्यो, देशका लागि ज्यान अर्पियो भन्ने बसन्तराग सुन्न नपाइने भो । अव त छुट्याउनै गाह्रो भयो– देवता कुन हो, ढुंगो कुन ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper