banner
banner

संविधानले नयाँ राष्ट्र जन्माउन सक्दैन

राजन कार्की- 

संविधान राष्ट्र चलाउने बिधि हो, राष्ट्र जन्माउने कोख होइन । नयाँ संविधानले नयाा राष्ट्र जन्माउँछ भन्ने सपना देख्नेहरु नयाँ संविधानलाई अर्को राष्ट्र जन्माउने कोख शिद्ध गर्न लागिपरेका छन् । यस्ता अतिवादी सोच राख्नेहरुलाई विदेशी लाउने काठहरुले सघाइरहेको पनि देख्न बुझ्न सकिन्छ । यदि हुँदा पनि हाम्रा शासक, प्रशासकहरु सचेत छैनन् र सन्यासो कस्न सक्दैनन् भने यिनीहरुलाई हिलोको किलो भन्नुपर्छ । नागरिक संचेतनाले तिनलाई रोक्ने साहस देखाउनु पर्छ ।
अर्काको लहै लहैमा लागेर सवाशय जातिको मिश्रित बसोबास गर्ने राष्ट्रमा जातीय बहुलताका आधारमा राज्य संरचनाको प्रस्ताव अघि सारिनु आफैमा खतरनाक खेल थियो । विश्वका अनेक क्षेत्रमा यस्तै खेल खेलेर अस्थिरताको जरा गाड्नेहरुसँग हाम्रा शासक, प्रशासक, चिन्तकहरुको आन्द्रा जोडिनु पनि खतरनाक परिणामका संकेतहरु हुन् । एकथरि शासनका आसनमा थुप्रिरहने र अर्कोथरिले नयाँ संविधानलाई नयाा राष्ट्र जन्माउने कोख बनाउन सकिन्छ भनेर जालझेलपूर्ण अतिवाद लाद्ने दुस्साहस गरिनु अशुभ संकेत हुन्, डरलाग्दा आहटहरु हुन् । जुन आहट सुनेर अपवित्र तथा राष्ट्रघातीहरुलाई संवैधानिक काँडे कोर्रा हान्न अवेर गर्नु हुन्न । राष्ट्र जोखिममा पर्न लाग्यो भने राष्ट्रको जीवनका लागि संवैधानिक निर्ममता स्वीकार गर्नैपर्छ ।
प्रश्न छ, अखण्ड नेपालको बिगुल बजाउने र चट्टानी खुट्टा टेक्ने कसले ? नेतृत्व त चाहियो । जुन नेतृत्व छ, भरलाग्दा छैनन् । घुमाईफिराई तिनै स्वाधीनताका शत्रुहरुलाई नागरिकहरुले मतदान गर्न बाध्य भए । बहुमत जितेर तिनै आएका छन् । हामीले तिनैलाई शासक बनाउन ताकत त देखायौं, तिनलाई सही मार्गमा हिड्न खबरदार गर्न सकेका छैनौं । त्यसैले तिनीहरु नयाँ संविधानलाई नयाँ राष्ट्र जन्माउने कोख बनाउन सकिन्छ भन्नेहरुसँग कााध मिलाउन अघि सरेको देखिन्छन् ।
राष्ट्रिय पार्टीहरुले नेपाली राष्ट्रवाद, नेपाली जनतावाद बोकेका र सिद्धान्त भएका जोसँग पनि मिलेर उत्तम राजनीतिका लागि सहकार्य गर्नु उचित हो । तर जो सिधै एक मधेस भएन भने एक नेपाल पनि रहन्न भन्ने खालका, भूगोल र जनसंख्याका आधारमा नयाँ राष्ट्र बन्नसक्छ, बहुल राष्ट्रवादका जालेमाले कुरा गर्नेहरु तत्वहरुसँग सहकार्य गर्नु पाच्य हुनसक्दैन । मधेसमा राष्ट्रवादी छन्, तिनीहरुसँग मिलेर अघि बढ्नुपर्छ । एउटा कुहिएको आलु अलग गर्न सकिएन भने धोक्राभरिका आलु सबै कुहिन्छन् । कुहिएका किराहरु कति खराव हुनेरहेछन् । जो यतिबेला संसददेखि सडकसम्म, हिमालदेखि मधेससम्म सलबलाइरहेका छन् । जसले नेपालको हित सोच्न सक्दैन, तिनीहरुलाई नेपाली हुा भन्ने अधिकार दिइनु जरुरी छैन । यो विश्वव्यापी मान्यता पनि हो । राष्ट्रघातीलाई कुनै मुलुकले पनि काखी च्यापेर हिडेका उदाहरण देख्न सकिन्न ।
त्यसै नेपाली सेनाले बिखण्डनका कुनै आवाज, कुनै क्रियाकलाप सह्य हुनेछैन, नेपाली सेना त्यस्ता बिखण्डनकारीलाई तह लगाउन तैयार छ भनेर पटक पटक सन्देश दिइरहेको होइन । नेपाली सेना सस्तो र काँचो कुरा बोल्दैन, सेनाको आवाज एउटा कानले सुनेर अर्को कानले उडाउने जो कोही राष्ट्रवादी हुन सक्दैन ।
अव नेपाल लोकतान्त्रिक पद्धतिमा लागिसक्यो । यो पद्धतिलाई सफल पार्नु सबै राजनीतिक दलहरुको पहिलो कर्तव्य हो । यो पद्धतिको सफलता नै नेपालको सफलता हुनेछ, असफल राष्ट्र हुनबाट बच्ने पहिलो र अन्तिम अस्त्र लोकतन्त्रको सफल कार्यान्वयन नै हो ।
अहिले हामीले जे अभ्यास गरिरहेका छौं, राजनीतिक दलहरुले जस्ताखालका क्रियाकलाप देखाइरहेका छन्, सत्ता कब्जा, भागबण्डा तथा खरिदबिक्रीलाई महत्व दिइरहेका छन्, फलाममा खिया र लोकतन्त्रका लागि ऐंजेरु भनेको यही हो । मोर्चाबन्दी हुनुपर्छ, रणनीतिक चाल पनि चल्नुपर्छ, कार्यनीति हुनैपर्छ, छलाङ् मार्नैपर्छ तर ती सबैको अर्जुनदृष्टि अर्थात लक्ष्य नेपाल र नेपाली हुनुपर्छ । एकदोस्रालाई निचा देखाउने प्रयत्नमा राष्ट्र झुक्नुहुन्न, राष्ट्रका आधारहरु कमजोर पारिनुहुन्न । पहिले राष्ट्र अनिमात्र राजनीति हुनुपर्छ ।
देशभरि निश्चय नै विभेद छ, अन्याय र अत्याचार छ । अधिकांश जातिहरु सिमान्तकृतमा परेका छन्, तिनका अधिकार ठूला दल र ठूला भनिने जातहरुले कब्जा जमाएका छन् । अधिकांश जातिलाई आफ्ना मौजामा रलमलाएर ठूला जातिले मस्ती गर्ने प्रचलन बसेको छ । द्वन्द्व जन्माएकै शोषण, विभेद र निषेधले हो । समानता नभएपछि, हुने र नहुनेका वीचमा दूरी बढेपछि विवाद हुन्छ । विवाद बढ्नु भनेको शान्ति पर धकेलिनु र अराजकतालाई निम्तो दिनु हो । देशमा यस्तो दुर्भाग्यपूर्ण परिस्थिति व्याप्त छ । यो दुर्भाग्यलाई शौभाग्यमा कसरी परिणत गर्न सकिन्छ, किन कहिल्यै बहसको विषय बनेन ?
प्रचण्ड भन्छन्– संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, निर्वाचन, संविधान निर्माण हाम्रो एजेण्डा हो । यही कुरा एमाले र कांग्रेसलाई मन परेको छैन । अरु साना दलहरु पनि असन्तुष्ट छन् । स्वयम् बाबुराम तर्किनु र वैद्य, विप्लवहरुले बिद्रोह गर्नुको कारण पनि मवाद नै हो । जबसम्म हामीवादको उच्चारण हुनथाल्दैन, परिवर्तनलाई सर्वअपनत्व ग्रहणको स्थिति आउन  सक्दैन । तवसम्म संविधानमा प्रश्न उठिरहनेछ । संविधानले विभेद गरेको आरोप लागिरहने छ । संविधान अधिकतम स्वीकार्य हुनैसक्देन । बिभाजनकारीले टाउको उठाइरहने छन् ।
अहिले मधेसवादी राजपाले लगाएको आरोप त्यही विभेदको अन्त्य र अधिकारको संरक्षणको माग हो । नाकावन्दी र निर्वाचन बहिष्कार भयो र अझै अंगीकृतलाई नागरिक अधिकार, हिन्दी भाषालाई मान्यता, पहाड मधेस अलग गर्ने सवालहरु तिनले उठाएका छन् । राज्यलाई थप दबाब दिन देश टुक्य्राउने अभिव्यक्ति दिन्छन्, सिके राउतजस्ता सिधै देश टुक्रा पार्नेहरुसँग कार्यगत एकतासमेत गर्न पुगेका छन् । संविधान संशोधनका मामिलामा पक्ष विपक्ष मत उजागर भइरहेको छ र संसद यस मुद्दामा निर्णयहीन बनिरहेको छ । कति हुन्छ, कति हुन्न, ठूला र निर्णायक दलहरु प्रष्ट पार्न वक्य रोकेर बसेका छन् । सत्तापक्ष र विपक्ष एक दोश्रालाई राष्ट्रघातीको आरोप लगाइरहेका छन् । राष्ट्रवाद कमजोर बनिरहेको छ ।
यसैवीच पाकिस्तानमा पक्राउ परेका कूलभूषण यादवको मृत्युदण्डमा राष्ट्रसंघसमेत आकर्षित भएको छ । उनले पनि नेपाल र पाकिस्तानको बलुचिस्तानलाई टुक्य्राउने भारतीय डिजाइन रहेको खुलाएका छन् । र, भारतको खुफिया एजेन्सी ‘रअ’का पूर्वअधिकारी आरके यादवले पुस्तक नै लेखेर ‘मिसन रअ’ मार्फत नेपालको तराई अलग बनाउने योजना सार्वजनिक गरिदिएका छन् । मधेश अभियान त्यही उद्देश्य हो भन्ने प्रमाणित गरिदिएका छन् । यसअघि भारतीय सेनाका कर्णेल रंजितले नर्दर्न सेक्युरिटी अफ इण्डिया लेखेर १९५० मा नेपाललाई भारतमा नमिलाएर नेहरुले हिमालय भूल गरेको र त्यो भूल छिटो सच्याउनु पर्छ भनेर लेखेका छन् । अहिलेका भारतीय नीतिहरु हेर्दा हामीलाई डरलाग्नुपर्ने हो । भुटानको दोक्लाम बिबादमा भारत र चीन आमने सामने हुादा नेपालको सुरक्षा व्यवस्थामा समेत बाछिटाहरु पर्न थालेका छन् । हामीले हाम्रो राष्ट्रवादमा धेरै सोच्नुपर्ने बेला आइसकेको छ ।
यता मधेशलाई सधै विभेद गरियो भनेर स्वतन्त्र मधेसको अभियान चल्नु, अभियन्ताहरुलाई सीमापारि तालिम दिइनु, दस्ता गठन गरिनु, अलग झण्डा र राष्ट्रिय गानसमेत सार्वजनिक गरिनुले कार्यान्वयनमा रहेको संविधानमाथि ठूलो चुनौति देखिएको छ । अचम्म त के पनि छ भने नेपालका मानवाधिकार र लोकतन्त्रवादी भनिने दिग्गजहरु जसले एक नेपाल, विभेदरहित नेपालको वकालत गर्न छाडेर पद्मरत्न तुलाधर, दमननाथ ढुंगाना, वीरेन्ऽ मिश्र, खगेन्ऽ संग्रौला, सीके लाल, मल्ल के सुन्दर, कृष्ण भट्टचन, कृष्ण हाछेथु, हरि रोका, श्याम श्रेष्ठ, विजयकान्त कर्ण, पासाङ शेर्पा, राजेन्ऽ महर्जन, झलक सुवेदी, युग पाठकदेखि राजेश अहिराजसम्म पनि सीके राउतको पक्षमा उभिएको देखियो । यी मध्ये चुनावमा प्रचण्ड हारे नेपाल हार्छ भन्नेहरुसमेत छन् । संविधान जारी हुनुपूर्व छुट्टिन पाउने अधिकारमा समेत डा.बाबुराम भट्टराईले छलफल गराएका थिए । पछिल्लो समय नेपाली सेनाको अध्ययनले सीके राउतलाई प्लाण्टेड बिखण्डनकारी भएको निष्कर्ष निकालेको सुनिन्छ । सीके राउत प्लाण्टेड हुन् भने उनका पक्षधरहरु के हुन् ? प्रश्न स्वभाविक छ ।
निष्कर्षमा भन्नुपर्दा राजनीति केही नेताहरुको वरिपरि घुमिरहेको छ । ती नेताहरुलाई देश बिदेशी बिखण्डनवादीहरुले घेरिरहेका छन् । स्वाधीनता र सार्वभौमिकताको धरातलमा उभिएर हाम्रा नेताहरु मन, बचन र कर्मले केही गर्न सकिरहेका छैनन् । सत्ता प्राप्ति गर्नु र रमाउनु, यिनको दैनिकी बनेको छ । चुनाव जित्नु र सत्ता वा शक्तिमा हालीमुहाली गर्नु यिनको एकमात्र ध्येय रहेको छ । संविधानको अन्तर्य भनेको आफूलाई सत्ता प्राप्त हुनु हो भन्ने यिनले बुझेका छन् । यसरी संविधान न कार्यान्वयन हुनसक्छ, न संविधानले विभेद र निषेधको अन्त्य गरेर नागरिक जीवनमा भिजाउन नै सक्छ । न बिखण्डनवादीहरुको अराष्ट्रिय क्रियाकलापलाई रोक्न नै सक्छ ।
संविधानले दिने समानतायुक्त समाज हो । त्यस्तो समाजको परिकल्पना संविधानले गर्ने तर संविधानलाई अर्को राज्य जन्माउन सकिने भाडाको कोखमा परिणत गर्ने हो भने नेपालको सुदूरभविष्य अन्धकार छ भन्दा हुन्छ । संविधान राष्ट्रको मूल कानुन हो । यो कुनै जाति, बर्ग, लिङ्ग वा गुटले आफ्ना लागि प्रयोग गर्न सकिने औजार होइन । संविधानलाई राष्ट्रिय राजमार्गको रुपमा विकसित गर्न सकिएन र बिखण्डनवादीहरुलाई संविधानको दुरुपयोग गर्ने अवसर दिइयो भने विविधतामा एकताको विशेषता भएको नेपालले हार्नेछ । राष्ट्र हार्ने छुट कसैलाई पनि दिन सकिन्न ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper