Advertisement Banner
Advertisement Banner

२३ आइतबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

कतारका अमिर शेख तमिम आज स्वदेश फर्कदै

१२ बुधबार , बैशाख २०८११२ दिन अगाडि

कतारका अमिर  शेख तमिम आज स्वदेश फर्कदै

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने औपचारिक नेपाल भ्रमणमा आएका कतारका अमिर शेख तमिम आजै स्वदेश फर्कने भएका छन् । नेपाल भ्रमणमा रहेका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीच द्विपक्षीय वार्ता सकेर आजै स्वदेश फर्कने भएका हुन् ।

नेपालको दुई दिने भ्रमणका लागि हिजो नेपाल आएका उनले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेको बताईएको छ । वार्तापछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

यसअघि नेपाल भ्रमणमा रहेका शेख तमिमले हिजो राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट गरेका थिए भने राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा राजकीय भोजको आयोजना गरेका थिए ।