Advertisement Banner
Advertisement Banner

२३ आइतबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

कतारका शेख तमिम बिन हमाद नेपाल आउँदै

०९ आइतबार , बैशाख २०८११४ दिन अगाडि

कतारका शेख तमिम बिन हमाद नेपाल आउँदै

कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउँदै छन् । उनि पहिलो पटक नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् ।

कतारी अमिर शेख तमिम बिन हमाद अल थानी अप्रिल २३ र २४ तारिख दुई दिने औपचारिक भ्रमणका लागि पर्सि मंगलबार काठमाडौँ आईपुग्ने बताईएको छ । अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्धनसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

बैशाख दोश्रो साता अमिर शेखले अप्रिल २३ र २४ तारिख नेपालको २ दिने भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । अमिरले राष्ट्रपति रामचन्द्र पौडेललगायत अन्य उच्चस्तरीय भेटवार्ता गर्ने तयारी रहेको बताईएको छ ।

यसअघि २०७५ सालमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको कतारको भ्रमणका क्रममा अमिर शेख तमिम विन हमाद अल थानीसँग भेटवार्ता गरेकी थिइन् ।